गणतन्त्र र सगरमाथा दिवस गुगलको विशेष डुडलमा

काठमाडौं, जेठ १४ । सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस (एभरेष्ट डे) को अवसरमा विशेष डुडल सार्वजनिक गरेको छ ।

गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ ।

गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक गरेर ती दिनलाई महत्व दिने गरेको छ ।

याे पनि पढ्नुस  अमेरिकाका सबै ५० वटा राज्यद्वारा गुगलको एकाधिकारबारे अनुसन्धान गर्ने घोषणा

मे २९ तारिखमा तेन्जिङ नार्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलो पटक पाइला राखेका थिए ।

कमेन्ट गर्नुहोस्