जेलमुक्त भएपछि बालकृष्ण ढुगेलले भने-‘बाचुन्जेलसम्म गणतन्त्रको रक्षा गर्छु’(भिडियोसहित)

काठमाडौं, जेठ १५ । नेकपाका नेता बालकृष्ण ढुगेंलले बाचुन्जेलसम्म गणतन्त्रको रक्षा गर्ने बताएका छन् ।

जेलबाट रिहाइ भएसपछि उनले पहिलो प्रतिक्रीया यस्तो दिएका हुन् ।

सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान छुटेका छन् । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए ।

शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

तर ढुंगेल अदालतको फैसलासँगै फरार थिए ।

चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परे । जेल परेको झण्डै ६ महिनापछि उनलाई जेलबाट मुक्ति मिलेको छ ।

भिडियो हेनुहोस्

जेलमुक्त हुन साथ बालकृष्ण ढुंगेलले यसाे भने

Posted by Jeevan Kunwar on Monday, 28 May 2018

कमेन्ट गर्नुहोस्