सुनुवार सेवा समाज मलेसियाको अध्यक्षमा तिर्थ बहादुर सुनुवार

मलेसिया । सुनुवार सेवा समाज शाखा मलेसियाको चौथो साधारण सभा सम्पन्न भएको छ।

नयाँ कार्य समिति चयन गर्दै समाजको चौथो साधारण सभा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको हो ।

सभाले पूरानो कार्य समितिलाई बिघटन गर्दै
तिर्थ बहादुर सुनुवार अध्यक्ष रहने गरी नयाँ कार्य समिति चयन गरेको छ ।

समितिले उपाध्यक्षमा मिना सुनुवार, वरिष्ठ उपाध्यक्ष भक्तबहादुर सुनुवार, सचिब वीर बहादुर सुनुवार , सहसचिब अर्जुन सुनुवार र कोषाध्यक्षमा चेत बहादुर सुनुवारलाई चयन गरेको छ ।

यस्तै, सदस्यमा बिमल सुनुवार, धिमाल सुनुवार, सङ्गिता सुनुवार, कमल बहादुर सुनुवार, इन्द्र बहादुर सुनुवार, होमबहादुर सुनुवार, मिथुन सुनुवार, गणेशबहादुर सुनुवार, यमर सुनुवार, मान बहादुर सुनुवार, गिता सुनुवार, टिकाराम सुनुवार, डम्बरबहादुर सुनुवार चयन भएका छन् ।

त्यस्तै, प्रमुख सल्लाहकारमा राजकुमार सुनुवार, वरिष्ठ सल्लाहकारमा पुष्कर सुनुवार ,सल्लाहकारमा कमल सुनुवार चयन भएका छन्।

साधारण सभाको अवसरमा संस्थालाई पुर्याएको योदानको कदर गर्दै नेपाल फर्किन लागेका सक्रिय सदस्य होम बहादुर सुनुवारलाई बिदाईसमेत गरेको छ ।
साथै, संस्थाले आजीवन साधारण सदस्यता पत्रसमेत बितरण गरेका छ ।

साधारण सभा संस्थाका पूर्व अध्यक्ष इन्द्रबहादुर सुनुवारको सभापतित्वमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्