उहिले यसरी डराउने रहेछन् सलमान

मुम्बई । बलिउड सुपरस्टार सलमान खानलाई उहिले उहिले टेलिभिजनमा आफ्नो पर्सनालिटी देखाउनमा डर लाग्दथ्यो । उनले सोमबार ४ जुनदेखि सुरु हुन गइरहेको शो ‘दशका दम सिजन २’ को लञ्चको क्रममा यसो खुलासा गरेका हुन् ।

सलमान भन्छन्– ‘पहिलो पटक यो शो २००८ मा आएका थिए र मैले यसको सहयोगबाट टेलिभिजनमा डेब्यू गरेको थिए ।

त्यतिबेला मेरो बारेमा केही नकारात्मक कुराहरु पनि निकै अाएका थिए, जसले गर्दा म टेलिभिजनमा अाफ्नो पर्सनालिटीका साथ आउन निकै डर लाग्ने गर्दथ्यो । तर, पछि मैले टेलिभिजनमा आउने निर्णय पनि गरें ।’

‘बुबासँग सोधेको थिएँ, के गर्न ठीक होला भनेर ।’ उनी भन्छन्– ‘मलाई लाग्दथ्यो टेलिभिजन हाम्रो आसपासको सबैभन्दा ठूलो शक्तिशाली मिडिया हो ।’

मैले बाबासँग सोधें,’के गर्न ठीक होला, किनकी म आफैंदेखि डराइरहेको छु कि म को हुँ ?’

सलमानका अनुसार, उनको प्रश्नको जवाफ दिँदै बुबा सलिम खानले भने– ‘तिमी नै हौ ? जाऊ र संसारलाई देखाईदेऊ कि तिमी को हौ ? यदि स्वीकार गर्न सक्छौ भने ठीक छ, नत्र आफूलाई परिवर्तन गर ।’

सलमान भन्छन-  जब कुनै  अभिनेता टेलिभिजन शोमा ननफिक्शन शो गर्दछ त्यस बेला उसको पर्सनालिटी अगाडि आउने गर्दछ ।

 

भाष्करडटकमबाट साभार

कमेन्ट गर्नुहोस्