गायक युवराज चौलागाईको ‘तिमी टाढा भयौँ’ सार्वजनिक (भिडियोसहित)

नेपाली चलचित्रका पाश्र्व गायनमा राम्रो प्रभाव राखेका गायक युवराज चौलागाईँको आधुनिक गीत सार्वजनिक भएको छ । गित गायक चौलागाईँको आधिकारीक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

सार्वजनिक भएको गीतमा गायक चौलागाईँ र अनु शाहलाई फिचर गरिएको छ ।

‘तिमी टाढा भयौँ’ बोलको गीतमा चौलागाईकै स्वर तथा संगीत रहेको छ भने शब्द पूजा शाहको छ ।

राजन इसानको एरेन्जमा तयार भएको यस गितको भिडियोलाई निसान भट्टराईले सम्पादन गरेका छन् ।

विशाल भण्डारीको निर्देशनमा बनेको भिडियोमा गायक चौलागाईँ र अनु शाहको रोमान्स जोडि हेर्न लायकको छ ।

कमेन्ट गर्नुहोस्