क्रिकेटमा अवैध ‘अनलाइन बेटिङ’ गरेको आरोपमा प्रमुख केसीसहित ६ पक्राउ

काठमाडौँ । नेपालमा बसेर अवैधरुपमा क्रिकेटको अनलाइन बेटिङ (सट्टेबाजी) गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फुटबलमा म्याच फिक्सिङको आरोप लागेका नेपाली फूटबल टीमका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाका अनुसार केसीसहित ६ जनालाई काठमाडौंकै विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

अन्जन यसअघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परी विशेष अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन्। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्