आज बजारमा सुनचाँदीको मूल्य स्थिर !

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य यथावत नै छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज पनि चाँदीको मूल्य यथावत नै रहेको छ ।

सोमबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७७० रुपैयाँमै कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्