१२ बजेको अपडेटः एकघण्टाको कारोबारमा नेप्से ०.५६ प्रतिशतले घट्यो

काठमाडौं । मंगलबार कारोबार भएको पहिलो एक घण्टामा नेप्से शून्य दशमलव ५६ प्रतिशत घटेको छ ।

कारोबार शुरु भएको १० मिनेट बढेको बजार त्यसपछि घट्न थालेको हो । यस समयमा ७ दशमलव ४६ अङ्कले घटेर परिसूचक १ हजार ३ सय २८ दशमलव ९३ विन्दुमा पुगेको छ ।

कारोबार भएका नौ समूहको परिसूचकमा होटल, बीमा र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय १९ कम्पनीको रू. ७ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ ।

एनएमबि बैङ्कको प्रतिकित्ता रू. ४ सय २३ मा रू. १ करोड १२ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्