झुठा हो सेलिब्रिटीको ‘रुपै मोहनी’: हेर्नुस् ‘रिल लाइफ’ र ‘रियल लाइफ’को अन्तर

मुम्बई । ठूलो पर्दामा चर्चित सेलिब्रेटीहरु निकै सुन्दर र ह्याण्डम देखिरहेका हुन्छन् । तर, वास्तविक जीवनमा उनीहरु साँच्चै नै त्यति नै सुन्दर र ह्याण्डसम देखिन्छन् त ? सबैको मनमा यो प्रश्न उठेको हुनसक्छ ।

आऔं, बलिउड स्टारहरुमध्ये केही स्टारहरु रिल लाइफमा जस्तै रियल लाइफमा कस्ता देखिन्छन् त ?

भाष्करडटकम मिडियाले गरेको सर्वेक्षण अनुसार ऐश्वर्यदेखि शाहरुखसम्म वास्तविक जीवन कस्ता देखिन्छन् भन्ने विषयलार्इ छर्लङ्ग पार्नका लागि उनीहरुका पासपोर्ट वा अन्य दस्तावेजहरु मिडियासामु ल्याएका छन् । जसमा अति सुन्दर तथा ह्याण्डसम देखिने सेलिब्रेटीहरुको वास्तविक जीवनमा यस्तो देखिन्छ । के तपार्इले कहिले सोच्नुभएको छ ?

खासमा आममानिस देख्ने यी सेलिब्रेटीहरु आफ्नो नागरिकता, पासपोर्ट तथा अन्य व्यक्तिगत विवरण खुलाउने दस्तावेजहरुमा सामान्य नजरमा देखिएको छ ।

बलिउड तथा हलिउडका केही चर्चित सेलिब्रेटीहरुको पासपोर्टमा रहेको केही झलकहरु हेर्नुहोस्–

विश्व सुन्दरी समेत रहिसकेकी ऐश्वर्य राय साह्रै ग्ल्यामरस अभिनेत्री हुन् । तर उनी पनि पासपोर्टका लागि खिचिएको तस्बिरमा सामान्य युवति झैं देखिएकी छिन् ।
दक्षिण भारतीय फिल्महरूमा काम गर्ने यी सुन्दरीको पासपोर्टमा पनि सामान्य अनुहार पो देखिन्छ त!
यी हुन् कंगना रनौत। बलिउड की ‘क्वीन’ कंगनाको सौन्दर्यको चर्चा बलिउड बाहिर पनि त्यत्तिकै हुने गर्दछ। यी पनि सामान्य नै देखिएकी छिन्।
सन्नी लियोन, युवाहरूकी ढुकढुकी! रील लाइफ र रियल लाइफको तस्बिरमा फरक आफैँ छुट्याउनुस्।
जस्टिन बेबरको पासपोर्टको तस्बिर पनि हेरौं…
अमेरिकी गायिका एवम् अभिनेत्री बियोन्सीले त सबैलाई झुक्याउने रैछिन्।

कमेन्ट गर्नुहोस्