सगरमाथा आरोहणको वास्तविकता आरोहीले मात्रै अनभूत गर्न सक्छ : मन्त्री बीना मगर

काठमाडौं, जेठ १५ । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले ओरोहीले मात्रै सगरमाथा आरोहणको वास्वविकता बुझ्ने र अनुभूति गर्न सक्ने बताएकी छन् ।

११ औं अन्तराष्ट्रिय समगरमाथा दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘हामीले सगरमाथा चढेर आउने व्यक्तिलाई सम्मान गर्दछौं, कीर्तिमानी आरोहीलाई सम्मान गछौं तर त्योभित्रको कठिनाई, जटिलता र पलपलका अनुभूतिलाई बुझ्न सकेका हुदैनौं ।’

वास्तवमा सगरमाथा हाम्रा लागि अति सुन्दर, अति आत्मीय र विश्वप्रख्यात छ त्यो अरुको लागि त्यति छैन । तर हरेक मानिस सगरमाथाको चुचुरोमा पुग्ने सपना भने देख्न सक्ने उनले बताइन ।

सगरमाथा आरोहण त्यति सहज नभएको बताउदै मन्त्री मगरले भनिन्, ‘वास्तवमा त्यहाँ थुप्रै कठिनाई छन् । अहिले पनि दुई जना शेर्पा र दुई जना विदेशी आरोहीलाई सगरमाथाले आफ्नो गोधुलीमा राखी सकेको छ । हरेक वर्ष सगरमाथामा केहीले ज्यान गुमाउछ्न भने केहीले कीर्तिमानी बनाउँछन् ।’

बीना मगरले पनि २०७० जेष्ठमा सगरमाथाको सफलपूर्व आरोहण गरेकी थिइन ।

कमेन्ट गर्नुहोस्