जीप दुर्घटना हुँदामा ४ जनाको मृत्यु

डोटी, जेठ १५ । डडेलधुराका गन्याधुरा गाउँपालिका–२ गज्रेउलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य सात जना घाइते भएका छन् ।

दिपायलबाट नेपालगञ्ज जाँदै गरेको से १ ज ३३० नम्बर जीप मंगलबार बिहान गन्याधुरा गाउँपालिका–२ गज्रेउलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको र एक महिलोको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । अन्य ७ जना घाइते भएको प्रहरी चौकी सकायाल डडेलधुराका प्रहरी सहायक निरीक्षक डम्बर बहादुर चन्दले बताए ।

मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका २ का वडाध्यक्ष अध्यक्ष प्रेम बोहरा सोही वडाका लालबहादुर बोहरा, शैलेस्वरी यातायातका उपाध्यक्ष गाडी मालिक बिनोद रावल रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भने सोही गाउँकी जानकी बोहराको उपक्षेत्रीय अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

जीप सडकबाट २५० मिटर तल खसेर दुर्घटना भएको हो । घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

सोमबार मात्रै डोटीमा भएको जीप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्