खेम कार्की र पूर्णकला विसीको ‘गैरी पयौ ताल’ सार्वजनिक ( भिडियोसहित)

काठमाडौं, जेष्ठ १५ । सफलता म्युजिक प्रालीको प्रस्तुतीमा खेम कार्कीको लोकदोहोरी ‘गैरी पयौं ताल’ गीतको भिडियो बजारमा आएको छ ।

नेपाली लोक संस्कृतिलाई विकाश गरेर मुलुकमा रहेको सांस्कृतिक सम्पदालाई जर्गेना गर्नुपर्छ भन्ने अभिप्रायले गीत तयार पारिएको कार्कीले बताए । गीतमा गायक खेम कार्की, गायिका पूर्णकला विसी र सविना कार्कीको स्वर रहेको छ ।

नेपाली लोकलयमा रहेर गीत तयार पारेको कार्कीले बताएका छन् । गीतमा कार्की आफैले संगीत दिएका छन् । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई अधिनायकमान शेरचनले सम्पादन गरेका छन ।

गीतको म्यूजिक भिडियोलाई सरोज रोशन भटटराईले निर्देशन गरेका हुन । गीतमा प्रदिप ज्ञवाली र अमृता लामाको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियोसहित

कमेन्ट गर्नुहोस्