महिलामाथि भएको विभेदको जिम्मेवारी सरकार जवाफदेही हुनुपर्ने : अध्यक्ष चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले महिलामाथि भइरहेको विभेदको जिम्मेवारी सरकार र सरकारमा बस्नेहरू जवाफदेही हुनुपर्ने बताएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय समितिले आयोजना गरेको महिला अधिकारको सवाल विषयक अन्तरक्रिया बोल्दै केसीले पछिल्लो समय अदृश्यरूपमा खाडीका मुलुकहरूमा बेचिदै आइरहेको र उनिहरू नारकीय जीवन जिउन बाध्य बनाउँदै आइरहेको प्रति गम्भीर ध्यानाकर्षण गर्दै वर्गीयरूपमा सचेत गराउन आग्रह गरे ।

महिलाहरूलाई सेटिङ्गमा विदेश पठाउनेले सुनजस्तो धातु ओसारपसार गर्नु सम्पूर्ण जड भ्रष्टाचार भएको कुरा बताएका हुन । उनले भने– ‘राणा गए, पञ्चायत गए, राजा गए तर जनताहरूको दुःख कहिले गएन, अर्धसामन्ती, अर्ध–उपनिवेशिक दलाल तन्त्र नहटेसम्म देशमा विकास असम्भव रहेको छ ।’

नेपाल सरकारले मनोरेल, पानी जहाज होइन काठमाडौं धूलो हटाउने कुरा कतै सोध्नुपर्ने हो कि नसोधी धुलो हटाएमात्र ठुलो कुरा हुने उहाँको धारणा रहेको थियो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले महिलाहरूको एेतिहासिक आन्दोलनको फलस्वरूप केही अधिकार प्राप्त भएपनि कानूनी जटिलता र कार्यान्वयन पाटोमा फितलो भएका कारण महिला अधिकारमाथि अझै सोचेअनुरूप सफलता प्राप्ति नभइसकेको बताइन् । उनले भनिन्– ‘विभेदकारी समाजमा महिलामाथि हुने विभेद, महिलामाथि हुने हिंसा, महिलामाथि हुने दमन अन्त्यका लागि नेतृत्व तहमा जाने व्यत्तिहरूको मानसिकता र महिलाहरूको पीडा बुझ्ने नेतृत्वको विकास हुन सकेमात्र महिलाहरूमाथि हुने विभेद अन्त्य गर्न सहज हुने छ । कानूनीरूपमा महिला अधिकारलाई बलियो बनाएपनि कार्यान्वयनमा जटिलता छ, यसलाई कार्यान्वयन गर्न महिला संगठनहरू गोलवद्धरूपमा अगाडि बढ्नुपर्छ ।’ उनले वर्गीय आन्दोलनलाई महिला सशक्तीकरणका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिईन ।

अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्ष मीना पुनले महिलाहरूलाई वर्गीयरूपमा संगठित गर्दै आफ्नो अधिकार प्राप्तिको लडाईमा सशत्तmरूपमा अगाडि बढाउनुपर्नेमा जोड दिईन ।

नेपाली कांग्रेसकी पुर्व महिला संघ अध्यक्ष तथा सांसद
डाक्टर लिला संग्रोलाले महिलाहरूमाथिको अत्याचार दमन पूर्णरूपमा अन्त्य गर्न कडाभन्दा कडा कानूनी व्यवस्था नभएसम्म महिलाहरू जहिले पनि अन्यायमा पर्ने बताईन ।

कार्यक्रम विभिन्न वक्ताहरूले लोकतान्त्रिक प्राप्तिका आन्दोलन, मुक्तिका लागि आन्दोलन र राष्ट्र परिवर्तनको लागि महिलाहरूको लडाई जारीनै रहेपनि महिला मुक्ति आन्दोलनमा राज्य पक्षवाट सधै विवेदकारी कदमका कारण महिलाहरू सधै पिडित वन्नु पर्ने धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्