सन्दीप ‘विश्व ११’ का लागि आज बेलायत जाँदै

काठमाडौं, जेठ १५ । आइइसीसी ‘वर्ल्ड ११’ बाट वेष्ट इण्डिजविरुद्ध टी–२० क्रिकेट खेल्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आज राति बेलायत जाने भएका छन् ।

आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने आइसीसी विश्व ११ मा पर्न सफल भएका हुन । क्रिकेटको मक्का भनिने बेलायतका लर्डसमा आगामी मे ३१ मा खेल हुने छ ।

बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दीपले ‘वर्ल्ड ११’ मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।

किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, शोयब मल्लिक, हार्दिक पाण्डेया, थिशारा परेरा, लुक रोन्ची जस्ता खेलाडी छन् ।

खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष आँधिका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको हो ।

वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो । जसमा स्यामुअल बद्रि, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल जस्ता टी ट्वान्टीको उत्कृष्ट खेलाडीहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्