वृद्ध भत्ता बढेन

सरकारले बृद्धबृद्धाको सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ बजेटमा यसबारेमा केही उल्लेख गरिएको छैन । तर ७० वर्षभन्दा माथिका बृद्धबृद्धालाई एक लाखको बिमा सरकारले गर्ने उल्लेख गरिएको छ ।

यसअघि चुनाव ताका बृद्धबृद्धाको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएइको थियो । भने शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको भनिएको भत्ता पाउने उमेर र रकममा लागु गरिएको छैन ।

कमेन्ट गर्नुहोस्