बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्ने

काठमाडौं । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि बजेट बिनियोजन गरिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले सदनमा बजेट प्रस्तुत गर्दै शहरी विकास अन्तर्गत यो घोषणा गरेका हुन ।

यसैगरी गरिबीको रेखामुनि रहेको परिवारलाई घर निर्माणका लागि सहयोग गर्न जस्तापाता सामग्रीका लागि प्रति परिवार ५० हजार दिइने कार्यक्रम समेत घोषणा गरिएको छ । छ । यो अभियानमा भूमिहीनलाई समेत समेटिने छ ।

परालको घरको छाना भएकालाई समेत जस्ता छाता भएका घर निर्माणका लागि सहयोग गरिने छ भने सुकुम्बासी समस्याको हल खोजिने घोषणा गरिने छ ।
भौगौलिक विकट भएका घर बसोबास भएकालाई एकीकृत स्थानान्तरण गरिने कार्यक्रमको घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्