प्रत्येक प्रदेशलाई अन्तर्राष्ट्रिय नाकासँग जोडिने

काठमाडौं, यातायात क्षेत्रमा सरकारले ठूलो बजेटको घोषणा गरेको छ । यातायात क्षेत्रमा अर्थमन्त्रीले अघि सारेका बजेटका मुख्य बुँदा यस प्रकार रहेको छन् ।

कर्णाली नाकालाई उत्तरी सीमासँग जोडिने
७ नम्बर को सडक संरचनालाई सीमा क्षेत्रसम्म जोडिने
भौगौलिकरुपमा पछि परेका क्षेत्रमा तराई मधेस कार्यक्रमका लागि ५३ करोड
बुटवल पाल्पा खण्डको सिद्द खण्डलगायत, नौबिसे, टोखा, बिपी नगर खण्ड लगायतमा सुरुङ मार्ग निर्माण गर्न ।
पर्यटकीय सम्भाव्य स्थान नजिकका सडक खण्ड निर्माण र सुधारका लागि ५ अर्ब
सडक प्रयोग गर्नेले कर तिर्नैपर्ने घोषणा
सडक बोर्डको बजेट बृद्धि
मेची महाकाली विद्युतीय रेल मार्गको सम्भाव्यता अध्ययन र कार्यान्वयन हुने
काठमाडौंमा केबल कार, मेट्रो र मोनो रेल बनाइने
कर्णालीमा जलमार्ग निर्माण गरिने
यातायात तथा पूर्वाधारका लागि १ खर्ब नौ अर्ब बजेट विनियोजन गरिएको छ ।

कमेन्ट गर्नुहोस्