रेडियो नेपाल र टेलिभिजनलाई एकीकृत गरिने

सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्रीले बजेट भाषण प्रस्तुत गर्दै सार्वजनिक प्रसारण केन्द्रको स्थापना गरी दुबै सरकारी मिडियालाई एकीकृत गर्ने घोषणा गरेको हो । सूचना तथा सञ्चार क्षेत्रका अन्य बजेट योजना यसप्रकार छन् ।

पत्रकार दुर्घटना बीमा र बृत्ति कोषका लागि बजेटको व्यवस्था

सरकारी, नीजि र विदेशी साझेदारीमा चलचित्र नगरी निर्माण हुने । चलचित्र विकास शुल्कलगायतका राजस्व शुल्कको व्यवस्थापन गरिने ।

प्रतिष्पर्धि मिडिया र सञ्चारको विकासका लागि कार्यक्रम

सबै स्थानीय तहसम्म अप्टिकल फाइबरको कार्य अघि बढाइने ।

कमेन्ट गर्नुहोस्