शैक्षिक प्रमाणपत्र प्रस्तुत गरेर ७ लाखको ऋण लिन सकिने

काठमाडौं । सरकारले सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

सदनमा बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।

उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत व्याज अनुदानमा रु ७ लाख सम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको उनले घोषणा गरे ।
त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको वीमा गर्ने सरकारको बजेटमा उल्लेख छ ।

विद्यार्थीहरुले लामो समयदेखि शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउन माग गर्दै आएका थिए ।

सरकारले नवीनतम ज्ञान सिप र क्षमता भएकालाई व्यवसाय सन्चालनको लागि सुरुआती पूँजी उपलब्ध गराउन च्यालेन्ज फण्डको व्यवस्था गरेको छ ।

कमेन्ट गर्नुहोस्