सुत्केरीलाई दोब्बर भत्ता, स्वास्थ्यमा न्यून बजेट

काठमाडौं, सरकारले सुत्केरी महिलालाई दोब्बर भत्ताको व्यवस्था गरेको छ ।

यद्यपी स्वास्थ्य क्षेत्रमा भने सैद्धान्तिकरुपमा कूल बजेटका १० प्रतिशत बढी घोषणा गर्नुपर्नेमा त्यो भने देखिँदैन ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् । बजेट भाषणमा उनले मुलुकभर बीमा सेवा लागु गरिने बताएका छन् । यस्तै गर्भवतीलाई स्वास्थ्य जाँच गराउन आउँदा पाउने यातायात खर्चलाई दोब्बर बनाइएको छ ।

स्थानीय तहको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य लिइएको छ । जस अनुसार १२ सय स्वास्थ्य संस्था स्थापना गर्न स्थानीय तहकालागि ४ अर्ब बजेट विनियोजन गरिएको छ ।

कमेन्ट गर्नुहोस्