घोषणा एकातिर बजेट अर्कोतिर वाम सरकारको चरित्र उदाङ्गियो : डा महत

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले सरकारले मंगलबार संसदमा प्रस्तुत गरेको बजेट प्राथमिकता र लक्ष्य केन्द्रित नभएको बताएका छन् । उनले बजेटले वाम सरकारकाे चरित्र उदाङ्गियोकाे बताए ।

सरकार अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटको आकार वास्तविक भएपनि आर्थिक बृद्धिको लक्ष्य प्राप्तीमा कुनै योगदान गर्न सक्ने दाबी गरे ।

अर्थतन्त्रमा ७८ प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई बजेटले पूर्णरुपमा वेवास्ता गरेको महतका दाबी छ ।

वाम सरकारले ल्याएको बजेट अत्यान्तै साधारण भएको उनले बताए । चुनाबका घोषणापत्रमा चर्का नारासहितका आश्वान मतदातालाई बाडे पनि बजेटमा कुनै कुरा समावेश गर्न नसकेको महतको आरोप छ ।

मुलुकलाइृ खद्यान्नमा आत्मनिर्भर बनाउने भने पनि कुनै ठोस कार्यक्रम दिन नसकेको महतले बताए । साथै सन २०२० सम्ममा पर्यटनका २० लाख वा दोब्बर पुर्याउने भने पनि पूर्वाधार निर्माणमा कुनै कार्यक्रम छैन उनले भने ।

चुनाबमा बृद्धभत्ता पाँच हजार पुर्याउने नारा लगाए पनि बजेटमा त्यसबारेमा मौन रहेको उनको भनाइ छ ।

सबैभन्दा महत्वपूर्ण कुरामा सरकार चुकेको डा महतको आरोप छ । उनले भने, मुलुक भर्खरै संघीयताको अभ्यासमा रहेको र निर्वाचनपछि यो कार्यान्वयको चरणमा रहे पनि बजेटले स्थानीय तह, प्रदेश के को आधारमा बजेट खर्च गर्ने वा विकासका कार्य गर्ने भने विषय बजेटमा कहीकते छैन । यसले थप अन्यौलता सृजना गरेको छ ।’

प्रमाण पत्रका आधारमा विद्यार्थीलाई विना घितो ऋण दिने र जनता आवास कार्यक्रम आफ्ना कार्यकर्तालाई रकम बाड्नका लागि ल्याइएको उनको आरोप छ ।

समग्रमा सरकाले मंगलबार संसदमा सार्वजनिक गरेको बजेटले मुलुक जनता र समयको माग अनुसारको लक्ष्य प्राप्तीमा योगदान गर्न नसक्ने डा महतको दाबी छ ।

कमेन्ट गर्नुहोस्