बजेटले समाजवादको आधार तयार पारेको छ : योगेश भट्टराई

काठमाडौं, जेठ १५ । ओली सरकारले सार्वजनिक गरेको बजेटले पुरानै विकासे परा्परालाई निरन्तर दिएको आलोचना भइरहँदा नेकपाका नेता योगेश भट्टराईले भने बजेटको प्रशंसा गरेका छन् ।

‘बजेट सन्तुलित छ । राम्रो छ । स्थानीय तह र प्रदेशलाई प्रयाप्त बजेट छुट्ट्याइएको छ ।’ एभरेष्टदैनिकसँग कुरा गर्दे नेता भट्टराईले भने, ‘युवा रोजगारी, शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादन जस्ता कुरा समाजवादी नीति भएकाले बजेट समाजवाद घोषणपत्र र सरकार नीति तथा कार्यक्रम अनुसारै छ ।’

चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइएको विकास, समृद्धि र खुशी नेपाली बनाउने ठूला पूर्वाधारमा बजेटले विशेष जोड दिएको भट्टराईको दाबी छ ।

त्यस्तै ७० वर्ष माथिका बृद्धबृद्धालाई स्वास्थ्य बीमाको कुरा जस्ता कुरा बजेटका सकारात्म पक्ष भएको बताए ।

कमेन्ट गर्नुहोस्