कर्णाली प्रदेशलाई समानीकरण अनुदानमा उपेक्षा

सुर्खेत, जेठ १५ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मंगलबार प्रस्तुत भएको बजेट अर्थतन्त्रको वास्तविक धरातलमा उभिएर बनेको टिप्पणी गरेका छन् ।

बजेटप्रति धारणा राख्दै मन्त्री ज्वालाले बजेटले स्वास्थ्य, उर्जा, शिक्षा, कृषिलाई बढी बजेट दिएर प्राथमिकतामा पारेकोमा खुशी प्रकट गरे ।

तर, कर्णाली प्रदेशलाई प्रदान गर्ने समानीकरण अनुदान भने केही कम भएको महसुस आफूले गरेको उनले बताए । आजको गोरखापत्रमा समाचार छापिएको छ ।

कमेन्ट गर्नुहोस्