कालीगण्डकीमा पौडी खेल्दा बालक बेपत्ता

                  प्रतिकात्मक तस्वीर

पाल्पा, जेठ १५ । कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।

रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताए।

बेपत्ता बालकको अहिले खोजी कार्य भइरहेको छ । रासस

कमेन्ट गर्नुहोस्