कपाल चम्किलो र बलियो बनाउन यस्ता छन् घरेलु उपाय

काठमाडौं । कसलाई मन नहोला र आफ्नो कपाल चम्किलो तथा बलियो बनाउने ।

हो सबैलाई हुन्छ आफ्नो कपाल राम्रो होस् भन्ने । तर अधिकांश मानिसको कपाल चम्किलो र बलियो हुँदैन ।

यसपछाडीका विभिन्न कारण छन् । जस्तो प्राकृतिक तथा कृतिम । यी दुईलगायत अन्य थुप्रै पनि कारण होलान् ।

धेरैलाई खुबै चिन्ता हुन्छ आफ्नो कपाल बलियो र चम्किलो नभएकोमा । हुनु पनि स्वभाविकै हो ।

अब चिन्ता लिएर मात्रै कति बस्ने । त्यसको समाधान पनि खोज्नु पर्यो नि हैन र ? त्यस्तो हो भने तपाईले यस्ता उपाय अपनाउन सक्नुहुन्छः

धनियाँ- प्रतिदिन एक गिलास धनियाँको जुस पिउने गर्नाले कपाल झर्ने समस्या कम हुँदै जान्छ ।

कपालमा धनियाँको जुस लगाएर पनि कपाललाई बलियो र चम्किलो बनाउँन सकिन्छ ।

लसुन लसुनको पेस्ट बनाएर कपालमा लगाउनाले कपाल झर्न कम हुन्छ र झरेको ठाउँमा कपाल आउन पनि सुरु हुन्छ ।

कपालमा लसुनको पेस्ट लगाउदा टाउकाको रक्तसञ्चारर तीव्र हुन्छ र कपालको जरा बलियो हुन्छ ।

प्याज- प्याजमा एन्टिसेप्टिक गुण हुन्छ । प्याजको रस कपालमा लगाएर केही मिनेट पछि धुनाले कपाल बलियो र चम्किलो हुन्छ ।

खोइरो (एलोपेसिया) लागेका मानिसका लागि प्याजको रस कपालमा लगाउनु लभदायक हुन्छ ।

गाजर- गाजरमा बेटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा गाजर खाने मानिसको कपाल बाक्लो र चम्किलो हुन्छ ।

गाजरमा भिटामिन सी पनि पाइन्छ । जुन कपालको लागि एकदमै उपयुक्त हुन्छ । कपाललाई राम्रो बनाउनको लागि हरेक दिन एक गिलास गाजरको जुस खानु लाभदायी हुन्छ ।

कमेन्ट गर्नुहोस्