हावाहुरीले तिन सय परिवारको छाना उडायो

कैलाली, जेठ १५ । मंगलबार साँझ आएको हावाहुरीले कैलालीका विभिन्न स्थानमा ठूलो क्षती पुर्याएको छ ।

खास गरी जिल्लाको टिकापुर नगरपालिकामा बढि क्षती पुगेकाे छ । हावाहुरीले गर्दा सो नगरपालिका ६, ७, ८ र ९ वडामा क्षती पुगेकाे हाे ।

साविकको धनसिहपुर र नारायणपुर गाविसमा हावाहुरीले बढि क्षती पुगेको वडा नम्बर ८ का अध्यक्ष दिर्घबहादुर ठकुल्लाले जानकारी दिए ।

उनका अनुसार हावाहुरीले सो क्षेत्रका तीनसय भन्दा बढी स्थानीयका घरका छाना उडाएको छ ।

साथैं, हुरीका कारण विद्युत्का पोल ढल्दा केही ठाउँको विद्युत् सेवा अवरुद्ध भएको वडा अध्यक्ष ठकुल्लाले बताए ।

घरको छाना हावाहुरीले उडाउदा पिडीत केही स्थानीय आफन्तकोमा बसेका छन् ।

अहिले हावाहुरीले पुर्याएको क्षती विवरण संकलन भइरहेको वडा अध्यक्ष ठकुल्लाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयलाई भने हुरीले क्षती पुगेको भन्नेबारे कुनै जानकारी नआएको बताएको छ ।

कमेन्ट गर्नुहोस्