कांगेसले किन बोलायो संसदीय दलको बैठक, कारण यस्तो छ-

काठमाडौं, जेठ १६ । बजेटबारे अनेकखाले टिप्पणी आइरहेका बेला प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले यसबारे साझा धारणा बनाउन आजका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठक नेपाली कांग्रेस, संसदीय दलको कार्यालय, सिंहदरबारमा अहिले बिहान ११ बजे बस्दैछ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे प्रतिपक्ष दल कांग्रेसबाट फरकफरक धारणा आइरहेका छन् ।

सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत भएको थियो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेक बालकृष्ण खाँणले बजेटलगायत विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक आज बस्न लागेको जानकारी दिए ।

यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाएको थियो ।

पार्टीभित्रैका कतिपय नेताले यसप्रति असन्तुष्टि जनाउँदै काग्रेस सांसद्हरूले संसदमा खेलेको भूमिकाप्रति प्रश्न उठाएका थिए ।

बजेटबारे भने कांग्रेसले शुरूमै असन्तुष्टि जनाइसकेको छ ।

कमेन्ट गर्नुहोस्