सोनमलार्इ म‌ंगलसुत्रका कारण सामाजिक सञ्जालमा ट्रोल

मुम्बई । बलिउड क्षेत्रकी चर्चित अभिनेत्री सोनम कपुर केही दिनदेखि आफ्नो अपकमिङ चलचित्र ‘वीरे दी वेडिङ’ को प्रमोशनमा व्यस्त रहेकी छिन् । तर, हालैमात्र वैवाहिक जीवनमा बाँधिएकी सोनमलाई आफ्नो मंगलसुत्रका कारण उनलाई विभिन्न प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छिन् ।

खास डिजाइनमा बनाइएको ब्रेसलेट डिजाइनमा मंगलसुत्र

खासमा कुरा के हो भने विवाहको दिन दुलाहा आनन्दले सोनमको गलामा मंगलसुत्र बाँधिदिएका थिए । तर, विवाह भएको भोलिपल्टै उनले आफ्नो नाडीमा मंगलसुत्रकै डिजाइनमा बनेको ब्रेसलेट लगाएकी थिइन् । जब सोनम चलचित्र प्रमोशनका क्रममा ट्रोलर्सहरुले उनको नाडीमा मंगलसुत्र देखे, त्यसपछिका दिनदेखि फेसबुक, ट्विटर तथा अन्य सामाजिक सञ्जालहरुमा नानाथरी स्टयाटस तथा ट्रोल आउने क्रम सुरु भएको छ।

सामाजिक सञ्जालमा युजर्सहरुले गरे यस्तो कमेन्ट

अभिनेत्री सोनमको म‌ंगलसुत्रलार्इ लिएर नानाथरी ट्रोल तथा कमेन्ट हुन थालेका छन् 

फेसबुक, ट्विटरहरुमा युजर्सहरुले सोनमले आफ्नो मंगलसुत्रलाई फरक फरक तरिकाले कमेन्ट गरेका छन् । एक युजरले लेखेका छन्– ‘के तपाईंलाई वास्तवमै लाग्छ त समझदार व्यक्तिहरु ‘वीेरे दी वेडिङ’ हेर्छन् भनेर? सोनम कपुरले उक्त चलचित्रमा मंगलसुत्रलाई गाली गरेकी छिन् र पछि उनी आफैंले मंगलसुत्र लगाएकी छिन् । चलचित्रमा उनले सही भनेकी थिइन्, ‘जबसम्म मंगलसुत्र गलामा पर्दैन, तबसम्म जिन्दगी अधुरो हुने गर्छ ।’

अर्काे युजरले यस्तो लेखेको छ, ‘नारीवादमा प्रवचन दिने सोनम कपुरले पनि मंगलसुत्र लगाउनै पर्दो रहेछ । तर, ‘वीरे दी वेडिङ’ का अनुसार यो नारीवादको नाममा एउटा धब्बा मात्रै हो ।’

के हो मंगलसुत्रको विशेषता?

विवाहको समयमा गला लगाइदिएको मंगलसुत्रमा सोनम र उनका श्रीमान आनन्दको राशि क्रमशः मिथुन र सिंहको लोगो लगाएका छन् । यो ब्रेसलेट खालको मंगलसुत्र श्रीमान आनन्द आहुजाले खास रुपमा अर्डर गरी बनाउन लगाएका हुन् ।

डिजाइनर काजलले राशिको लोगो राखी डिजाइन गरेको ब्रेसलेट खालको मंगलसुत्रको मूल्य रु ८८ हजार रहेको थियो

सेलिब्रेटी ज्वेलरी डिजाइनर काजल फबियानीले यसको डिजाइन गरेकी हुन् । भाष्कर दैनिकसँगको कुराकानीमा काजलले यो डिजाइनको मंगलसुत्रको मूल्य करीब रु ८८ हजार पर्ने गर्दछ ।

भाष्करदैनिकबाट साभार

कमेन्ट गर्नुहोस्