अचानक रंग उद्योगमा भीषण आगलागी

भरतपुर । चितवनको भरतपुर महानगरपालिका ४ शिवघाटमा रहेको एभरेष्ट पेन्ट्स प्रालिमा आगलागी भएको छ ।

७ बजे सुरू भएको आगलागी भरतपुर महानगरपालिकाका साथै मकवानपुर र नवलपरासीबाट गएका दमकलले नियन्त्रणको प्रयास भईरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । बिजुली सर्ट हुँदा आगलागी भएको अनुमान छ ।

दमकलका साथै, सेना, प्रहरी र सशस्त्र प्रहरी जुटे पनि डेढ घण्टासम्म पनि आगलागी नियन्त्रणमा लिन नसकिएको डिएसपी ढकालले जानकारी दिनुभयो । आगलागी नियन्त्रणमा आएपछि मात्रै क्षतिको एकीन हुने छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्