विश्वका कम्युनिष्ट नेताहरुको बैठक राजधानीमा शुरु

काठमाडौं, जेठ १६ । महान दार्शनिक एवं कम्युनिष्ट सिद्धान्तका प्रणेता कार्ल मार्क्स जन्मेको दुई सय वर्ष पुगेको अवसरमा विश्वका कम्युनिष्ट नेताहरुको सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ः३० बजे सम्मेलनको उद्घाटन गरेका हुन्।

विश्वका सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुको सम्मेलनमा सहभागीता रहेको छ । सम्मेलनमा ११ देशका १५ कम्युनिष्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहेको छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा अस्ट्रेलिया, बंगलादेश, चीन, जर्मनी, भारत, जापान, कोरिया, लाओस, रसिया, श्रीलंका र भियतनाम गरी ११ राष्ट्रका कम्युनिष्ट पार्टीका प्रतिनिधि तथा नेताहरुको सहभागीता रहको छ ।

मार्क्सवादलाई अझ उन्नत बनाउनका लागि सेमिनार आयोजना गरिएको आयोजक समितिका संयोजक नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बताए।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीले ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’ र नेकपाका अर्का अध्यक्ष प्रचण्डले ‘आजको मार्क्सवाद र समाजवाद’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

प्रत्येक देशका प्रतिनिधिले सम्मेलनमा आफ्नो देशको कम्युनिष्ट आन्दोलन, अवस्था र समसामयिक विषयमा अनुभव सेयर गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्