माओवादी जनयुद्धको जगमा जनताको सर्वोच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको छ ।

विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको हो ।

याे पनि पढ्नुस  नेकपा सुदूरपश्चिम प्रदेश कमिटी बैठक शुरु

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताउनुभयो ।

उहाँले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वाेच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गर्नुभयो ।

याे पनि पढ्नुस  नेकपा सचिवालयले गर्यो दुइवटा महत्वपूर्ण निर्णय

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्ने छ ।”

विश्व पूँजीवादले नवउदारवादलाई नियन्त्रण गर्न नसकी संकटमा परिरहेको सन्दर्भमा समाजवादी यात्राको विकल्प नभएको तर कम्युनिष्टहरुले सामाजिक र राष्ट्रिय परिवेशका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो।

याे पनि पढ्नुस  नेकपा सुदूरपश्चिम प्रदेश कमिटी बैठक शुरु

प्रधानमन्त्री ओलीले माक्र्सवादको प्रभावका कारण सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रबन्धमा विश्वमा सकारात्मक प्रभाव परेको तथा एक्काइसांै शताब्दीमा पनि माक्र्सवाद उत्तिकै सामयिक विज्ञानका रुपमा रहेको बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस्