नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ, प्रमुख सचेतकमा गुरुङ चयन

काठमाडौं, जेठ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् ।

बुधबार बानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले नेम्वाङलाई प्रतिनिधिसभामा दलकोे उपनेता र गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

त्यस्तै दलको बैठकले सचेतकमा शान्ता चौधरीलाई चयन गरेको नेकपाले जनाएको छ।

नेम्वाङ तत्कालीन एमाले संसदीय दलको उपनेताको जिम्मेवारीमा थिए भने गुरुङ माओवादीको प्रमुख सचेतकको भूमिकामा थिए।

यसैगरी, राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन्।

कमेन्ट गर्नुहोस्