दिनानाथ शर्मा राष्ट्रिय सभा संसदीय दलको नेता चयन

काठमाडौं, जेठ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन गरेको छ ।

बुधबार बानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले शर्र्मामालाई दलको नेता चयन गरेको हो ।

बैठकले प्रतिनिधिसभा तर्फ नेकपा संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् ।

त्यस्तै दलको बैठकले सचेतकमा शान्ता चौधरीलाई चयन गरेको नेकपाले जनाएको छ।

कमेन्ट गर्नुहोस्