बाबा रामदेवले ल्याउने भए ‘आयुर्वेदिक सिम’ कार्ड

पछिल्लो दशकमा योगगुरु बाबा रामदेवको व्यापारिक साम्राज्य भारतमा नाटकीय रूपले फैलिएको छ। विभिन्न स्वदेशी ब्राण्डमा उपभोग्य सामग्री ल्याएर भारतभरि तहल्का मच्चाएका बाबा रामदेव अब संचार क्षेत्रमा हात हाल्दैछन्।

बाबा रामदेव पतंजलि ब्राण्डबाट उपभोग्य वस्तुहरू उत्पादन गर्ने गर्दछन् र उनका सबै उत्पादहरू स्वदेशी र आयुर्वेदिक भएको दाबी गरिने गरिन्छ। अब उनको कम्पनीले भारतको सरकारी सेवा प्रदायक बीएसएनएलसँग मिलेर ‘स्वदेशी सिम’ बजारमा ल्याएका छन् र सामाजिक संजालमा कतिपय प्रयोगकर्ताहरूले उनको यस घोषणालाई ट्रोल समेत गर्न थालिसकेका छन्।

एकजना प्रयोगकर्ताले ‘के यो सिम आयुर्वेदिक हो?’ भनेर प्रश्न समेत गरेका छन्।

प्राप्त समाचारहरूमा सुरुमा यो सिम पतंजलि आयुर्वेदका कर्मचारीहरूका लागि मात्र उपलब्ध रहने छ।

उक्त सिममा उपभोक्ताले भारतीय रुपैयाँ १४४ मा देशभरि अनलिमिटेड कल गर्न र २ जीबी डाटा समेत उपलब्ध रहने छ। यो सिम सामान्य उपभोक्ताका निम्ति उपलब्ध हुन थालेपछि यो सिम प्रयोगकर्ताले प्रत्येक पतंजलि सामानको खरिदमा १० प्रतिशतसम्म छूट पाउने छन्।

यसका साथै यस सिम उपयोग गर्ने उपभोक्ताले २ लाख ५० हजारसम्मको स्वास्थ्य विमा र ५ लाख रुपैयाँको जीवन विमा समेत उपलब्ध गराइने भएको छ।

 

 

कमेन्ट गर्नुहोस्