बालकृष्ण दुंगेलबार गृहमन्त्रीले मुख खोलें

चितवन, जेठ १६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ततकालीन माओवादीका नेता बालकृष्णा ढुंगेलको आममाफी नियमित प्रक्रिया भएको बताएका छन् ।

बुधबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले ढुंगेलको मुद्दा राजनीतिक भएकोले र करीब आधा जति कैद सजाय भुक्तान गरी सकेकाले नियमित प्रक्रिया अनुसार भएको स्पष्ट पारेका हुन ।

‘ढुङ्गेलको मुद्धा युद्धकालीन राजनीतिक मुद्धा हो, ४० प्रतिशत कैद भुक्तान गरिसकेका सन्दर्भमा कैदीहरुलाई दिने सुविधा अनुसार नै ढुङगेललाई रिहा गरिएको हो,’ गृहमन्त्री थापाले भने, ‘यसलाई अन्यथा लिनुपर्ने कारण छैन ।’

गणतन्त्र दिवसका अवसरमा ढुंगेललाई सरकारले जेठ १५ गते आममाफी दिदै रिहाई गरेपछि विरोधीहरुले सरकारको निर्णयको विरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्