सुनसरी जिल्लालाई कृषि उत्पादनको नमुना केन्द्र बनाउने : राज्यमन्त्री चौधरी

सुनसरी, जेठ १६ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई कृषि उत्पादनको नमुना केन्द्र बनाउने बताउनु भयो ।

आफ्नो गृहजिल्ला सुनसरी रामधुनी नगरको ८ र ९ नं।वडालाइ खुल्ला दिशा मुक्त घोषणा सभालाई प्रमुख अतिथिको संबोधन गर्दै उक्त कुरा बताउनु भयो ।

सुनसरीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत अदुवा जोन धरान,पाचकन्या,बिष्णुपादुका केन्द्र बनाएर चलिरहेको र यसै बर्ष देखि डुम्राह,प्रकाशपुर,
मधुवन केन्द्र बनएर माछा जोन र इनरुवा पुर्वलाई केन्द्र बनाएर धान जोनको कार्यक्रम पनि लागू हुने बताउनु भयो ।

इनरुवामा एउटा शितघर सहितको थोक कृषि बजार निर्माण गर्ने र इनरुवा दक्षिण तिर सब्जिको पोकेट र बल्क सन्चालनमा लयाउने बताउनु भयो ।अहिलेको सरकारले सुनसरीमा ३ अर्ब ९५ करोड ९२ लाख र रामधुनी नगरपालिकामा २८ करोड ५२ लाख बजेट बिनयोजन गरेको बताउनु भयो ।

यसै बर्ष कृषि औजार उधोग खोल्ने र ७ ओटै प्रदेशमा नमुना कृषि फार्म खोल्ने बताउनु भयो । भु(उपयोग नितिको लागि ऎन तयारी प्रक्रियामा अगाडि बढीसकेको र छिटै संसदमा पेश गर्ने बताउनु भयो ।

साना र गरीब किसानले लिएको ऋण सरकारले मिनाह गरेकोले अब तिर्न नपर्ने बताउनु भयो ।सुनसरीमा उखु किसनहरुलाइ प्रोत्साहन गर्नको निम्ति अनुदान दिने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्