फोरम सरकारमा गएपछि राजपालाई उकुसमुकुस

काठमाडौं, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछि मन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् ।

यसैबीच राजपा अहिलेसम्म सरकारमा सहभागी नहुने अडानमा छ ।

फोरम सरकारमा आउँदा राजपालाई अहिले निकै उकुसमुकुस जस्तै भएको छ । यदि राजपा सरकारमा गए कुनै पनि मन्त्रालय बाँकि छैन ।

यो अवस्थामा नेकपाबाट सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने हुन्छ ।

फोरमलाई शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने तयारी भएको स्रोतले जनाएको छ ।

पछिल्लो सहमतिअनुसार फोरमले एक राज्यमन्त्री पनि पाउने भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्