वडाध्यक्ष नै पानीका लागि साँझ-बिहान भारतमा !

दाङ, जेठ १७ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् ।

उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ ।

खानेपानीको समस्या छ त्यसैले म आफैं भारत गएर पानी ल्याउने गरेको छु वडाध्यक्ष सिद्दीकीले भने भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको छ ।

कोइलावासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ ।

अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । खबर आजको कारोबार दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्