सडकको माग गर्दै ७८ बर्षीय दशरथ तिन दिनदेखि अनशनमा

बैतडी, जेठ १७ । तीन दिन भयो ७८ बर्षीय दशरथ सिंह आमरण अनशनमा छन् ।

मास्तिर खेतका कान्ला छन् ।

गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् ।

अनशन किन ? उनको उत्तर छ, सडकमा गाडी गुडेको देख्न पाऊँ ।

जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा गर्दै चढेको मोटेर देख्ने रहर छ ।

उनी सोमबारदेखि सरकारसँग सडक सुविधाको माग गर्दै अनशन बसेका छन् ।

मंगलबार सडकले बजेट ल्यायो तर उनको गाउँमा मोटर पुग्ने घोषणा गरेन ।

दशरथचन्द्र नगरपालिका–१ का सिंह भन्छन्, ‘सडकको सर्भे भयो तर मोटर गुड्ने चाँजोपाँजो मिलेन ।

सरकारले देख्छ कि भनेर अनशन बसेको हुँ ।’ राजधानी दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्