फोरमले आज मन्त्रीको टुंगो लगाउन सक्ने

काठमाडौं, जेठ १७ । मन्त्री टुंगो लगाउन संघीय समाजवादी फोरमलाई साह्रै सकस भइरहेको छ । उसलाई आफ्नो भागमा परेका २ जना मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाउन साह्रै सकस भएको हो ।

को नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएकाले उनले केही नेताहरुसँग परामर्श गरेर आज नाम टुंगो लगाउन सक्ने फोरमका नेताहरुले बताएका छन् ।

अध्यक्ष यादवले नामका बारेमा आन्तरिक गृहकार्य र परामर्श गरिरहेको पनि नेताहरुले बताएका छन् ।

फोरमले स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालयमा दुईजना मन्त्री र एकजना राज्यमन्त्री पाएको छ ।

मन्त्री बन्नेको सूचिमा नेताहरु रामसहाय यादव, मोहम्मद इस्तियाक राइन, रेणुकुमारी यादव, राजेन्द्र श्रेष्ठलगायतको नाम चर्चामा छ ।

कमेन्ट गर्नुहोस्