यी अभिनेत्रीको एक एपिसोडको चार्ज नै ८० हजार !

मुम्बई । हिन्दी च्यानलबाट प्रसारित टेलिसिरियलका अभिनेत्री जेनिफर विंगेट ३३ वर्ष पुगेकी छिन् । ३० मे १९८५ मा उनी गोरेगाउँ, मुम्बई (महाराष्ट्र) मा जन्मिएकी थिइन् ।

अहिले जेनिफर टिभी शो ‘वेपनाह’ मा मुस्लिम युवती जोयाको भूमिकामा निर्वाह गर्ने भएकी छिन् ।

हालैमात्र दैनिकभाष्करसँगको कुराकानीमा जेनिफरले अाफ्नो एउटा एपिसोड बराबर महिनामा अाफ्नाे हुने गरेको अाम्दानीकाे रहस्य सार्वजनिक गरेकी छिन् । अाफुले एक एपिसोडबाट ८० हजार लिने गरेकी बताएकी छिन् ।

टिभी शो ‘वेपनाह’को लागि जेनिफरले राम्रो र मोटो पारिश्रमिक हात पार्ने भएकी छिन् । उनी एक एपिसोडबाट ८०–८० हजार पारिश्रमिक लिने गर्छिन् । उनले महिनामा २२–२५ दिन टिभी शोका लागि सुटिङ गर्छिन् । यसरी महिनामा उनको बीस लाख कमार्इ हुने बताएकी छिन् ।

खासमा जेनिफर फिलहाल सिने भिस्टा प्रोडक्शनको साथमा काम गरिरहेकी छिन् ।

यसैका पछिल्लो शो ‘बेहद’ को लागि उनले प्रति एपिसोड ६५ हजार पारिश्रमिक दिने गरिरहेका छन् र उनले अब नयाँ शो ‘वेपनाह’ को लागि १०–१५ की हाइक मिलेका छन्।

अभिनेत्री जेनिफर चर्चित टेलिसिरियल

जेनिफरलाई खासमा ‘कसौटी जिन्दगीकी’ मा सपोर्टिङ रोल, ‘दिल मिल गए’ (मल्टीस्टार’ र ‘सरस्वतीचन्द्र’मा मुख्य भूमिकाको लागि लिएका थिए ।

जेनिफरलाई हिन्दी टेलिसिरियल ‘दिल मिल गए’ र ‘सरस्वतीचन्द्र’ बाट नाम मिलेको छ तर योभन्दा अघि शाका लाका बुम बुम, कुसुम, कोई दिलमे हे, कसौटी जिन्दगी की, क्या होगा निम्मी का, संगम, कहीं तो होगा, कृतिका जस्ता टेलिसिरियलमा आफ्नो भूमिका निर्वाह गरिसकेका छन् ।

जेनिफरले ‘राजाकी आएगी बरात’ (१९९७), राजाको रानी से प्यार हो गया (२०००), कुछ न कहो (२००३) र फिर से, जस्ता टेलिसिरियल काम गरिसकेकी छिन् । दैनिक भाष्करबाट साभार

कमेन्ट गर्नुहोस्