काश्मिरका युवतीहरु किन भारतीय सेनाबाट टाढा रहन्छन ?

चरमपन्थी संगठन हिजबुल मुजाहिद्दीनले काश्मिर उपत्यकामा एउटा अडियो जारी गर्दै काश्मिरका महिला तथा युवतीहरुलाई भारतीय सुरक्षा बलबाट सधैं टाढा रहन उर्दी जारी गरेको छ।

टाइम्स अफ इण्डियामा छापिएको एक खबरअनुसार हिजबुलका कमाण्डर रियाज नाइकोले जारी गरेको उक्त अडियोमा भारतीय सैनिकहरूले  हिजबुल सदस्यलाई पक्रनका लागि काश्मिरी युवती तथा महिलाहरुलाई ‘हनिट्रयाप’का रूपमा प्रयोग गर्न सक्ने आशंका व्यक्त गरिएको छ ।

नाइकोले उक्त अडियोमा भनेका छन्, हामीले थाहा पाइसकेका छौं कि भारतीय सेना हाम्रा छोरीबेटीहरूलाई हामी विरुद्ध जासुसी गर्नका लागि लोभलालच दिइरहेका छन् र उनीहरुलाई ब्ल्याकमेल गरी हाम्रो विरुद्ध प्रयोग गरिरहेका छन् ।

प्राप्त रिपोर्टअनुसार यो अडियो अहिले काश्मिर उपत्यकामा भाइरल भएको छ।

 

 

कमेन्ट गर्नुहोस्