Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालमा सुर्तीजन्य पदार्थकै कारण बर्सेनि २५ हजारको ज्यान जान्छ

काठमाडौं, जेठ १७ । सुर्तीजन्य पदार्थको सेवन र हृदयरोगको
सम्भावना भन्ने नाराका साथ आज विश्व धूमपान तथा सुर्ती रहित दिवस मनाइँदैछ ।

धूमपानका कारण हुने क्षति न्यूनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थकै कारण बर्सेनि २५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ ।

चुरोट सुर्तीले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्छ ।

धूमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको छ भने पछिल्लो तथ्याङले कलेजोमा पनि असर पर्ने देखाएको छ ।

गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् ।

सुर्तीजन्य पदार्थको प्रयोगले बर्सेनि हजारौँ मानिसले क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउने पनि सरकारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: