प्रदेश ७ राजधानीमा डोजर लगाएर होर्डिङ बोर्ड हटाउने अभियान शुरु

धनगढी, जेठ १७ । कैलालीको धनगढी उप–महानगरपालिकाले कुरुप नै हुने गरी राखिएका ठेलाछाप्रा र होर्डिङ बोर्ड हटाउने अभियान शुरु गरेको छ ।

उपमहानगरपालिका मेयर, वडा अध्यक्षलगायतका जनप्रतिनिधिको सहभागितामा आजदेखि अभियान शुरु गरिएको हो ।

बजार क्षेत्रमा अव्यवस्थित तरिकाले राखिएका ठेलाछाप्रा र होर्डिङ बोर्ड आज उपमहानगरपालिकाले डोजर लगाएर हटाउन शुरु गरेको छ ।

तत्कालका लागि धनगढी चौराहादेखि क्याम्सप चौकसम्ममा राखिएका होडिङ वोर्ड तथा खोकाछाप्रा हटाईने अभियानका सयोजक तथा वडा नम्बर ३ का अध्यक्ष वल बहादुर ऐरले बताए ।

जथाभावी रुपमा होर्डिङ बोर्ड र ठेलाछाप्रा राख्दा धनगढी बजारको सौन्दर्यतामा नै ह्रास आएको छ ।

कमेन्ट गर्नुहोस्