आफ्नो छोरी प्रियंकाको जोडी विदेशी भएको म कल्पनासम्म गर्न सक्दिनँ

मुम्बई । बलिउड क्षेत्रमा अहिले निकै चर्चाको विषय बनिरहेकी छिन् चर्चित अभिनेत्री प्रियंका चोपडा ।

अहिले धेरैले अड्कलबाजी लगाइरहेका छन् कि अभिनेत्री प्रियंका चोपडा केही दिनदेखि अमेरिकी कलाकार तथा गायक निक जोनाससँग डेटमा व्यस्त छिन् भनेर ।

डेट गरिरहेका केही तस्वीरहरुमध्ये एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेकाे छ, जहाँ दुवैजना आफ्नो डेटमा निकै सुन्दरढंग र रमाइलो गरिरहेको देख्न सकिन्छ ।

जब हामीले प्रियंका र निक जोनाससँग सम्बन्धको बारेमा प्रश्न गर्दा प्रियंकाकी आमाले भन्नुभयो कि म एक विदेशीसँग छोरी प्रियंकाको जोडीको बारेमा कल्पनासम्म गर्न सक्दिनँ ।

पहिले पनि भनिसकेछु यो कुरा

दैनिकभाष्करसँगको कुराकानीमा प्रियंकाकी आमा डा.मधु चोपडा पहिले पनि यो विषयमा कुरा गरिसकेको छु ।

तब डा. मधु चोपडाले भने– यदि पतिपत्नी एउटै कल्चरको भयो भनेमात्र वैवाहिक जीवन सजिलै बिताउन सकिन्छ ।’ अब जबकी निक र प्रियंकाको चर्चा भइरहेको छ मधु चोपडाले भने– आज पनि म यही कुरा दोहोर्याउँछु । मधु चोपडाले अगाडि नै भने– योमात्र बकवास हो ।

मिडियाहरुले त जे पनि लेखिदिन्छ यस्ता बकवास कुराहरु ।’ दैनिकभाष्करबाट

कमेन्ट गर्नुहोस्