कारोबार सुरु भएको एकघण्टामै नेप्से ०.२९ प्रतिशतले घट्यो

काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा शून्य दशमलव २९ प्रतिशत घटेको छ । कारोबार भएको शुरूको समयमा बढेको बजार एक घण्टाको अवधिमा ३ दशमलव ८९ अङ्कले घटेर १ हजार ३ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ ।

यस समयमा कारोबार भएका नौ समूहको परिसूचकमा जलविद्युत, वित्त र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । १ सय ७ कम्पनीको रू. ३ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल इनभेष्टमेण्ट बैंक र प्रिमियर इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार

कमेन्ट गर्नुहोस्