मेक्सिकोका राष्ट्रपतिले ट्रंपलाई यस्तो जवाफ फर्काएपछि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपले आफ्नो चुनावी अभियानका दौरान आफुले दक्षिणी छिमेकी मेक्सिकोको सिमानामा पर्खाल लगाउने वाचा गरेका थिए।

उसो पनि दुई देशको सीमानामा कतिपय ठाउँमा पर्खाल रहेको छ र थप पर्खाल निर्माणको परियोजना अघि बढाइँदै छ।

आफू राष्ट्रपति भए लगत्तै ट्रंपले २०१६ मेक्सिकोको सिमानामा पर्खाल लगाइने र यसको सम्पूर्ण खर्च मेक्सिकोसँग असुलउपर गरिने बयान दिएर विवादित भएका थिए।

याे पनि पढ्नुस  Trump Fires national security adviser John Bolton

त्यस समय उक्त विवाद यत्तिकै थामथुम पारिएको भएपनि ट्रंपले मंगलवार दिएको उस्तै उस्तै व्यहोराको बयानमा मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले प्रतिक्रिया दिएका छन्।

दक्षिणी सीमानामा बनाइने पर्खालको सम्पूर्ण लागत मेक्सिकोले तिर्नुपर्ने भन्ने ट्रंपको बयानमा असहमति जनाउँदै निएटोले तत्कालै ट्विटमार्फत् असहमति जनाएका हुन्।

टेनेसी राज्यको न्यासभिलेमा एउटा ऱ्यालीलाई सम्बोधन गर्ने क्रममा रास्ट्रपति ट्रंपले २०१६ का धेरै कुरा दोहोऱ्याएका थिए। उनले भने, “अन्तमा मेक्सिकोले पर्खालको लागत तिर्दैछ र उनीहरूलाई राम्रो महसुस हुनेछ।”

याे पनि पढ्नुस  Trump Fires national security adviser John Bolton

उक्त ऱ्यालीमा उनले “पर्खालको पैसा को तिर्दैछ?” भनेर श्रोताहरूलाई सोद्धा सबैले एकै स्वरमा, “मेक्सिको” भनेर उत्तर फर्काएका थिए।

तर अमेरिकी बजेटमा भने उक्त पर्खालका लागि रकम छुट्याइएको छ र अमेरिकी करदाताहरूले नै उक्त पर्खालको पैसा तिर्नेछ्न् नकि मेक्सिकोले।

हफिन्गटन पोस्टबाट

याे पनि पढ्नुस  Trump Fires national security adviser John Bolton

 

ट्रम्पले अमेरिकामा रहेका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिए

रूस र अमेरिका अन्तरिक्ष युद्धको तयारीमा

 

 

कमेन्ट गर्नुहोस्