किसानको छोरी हुँ किसानको दुःख बुझेको छु : राज्यमन्त्री चौधरी

सुनसरी, जेठ १७ । बिहीबार एका बिहान कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चाेधरी नेतृत्वकाे टोली जब पोखरीको डिलमा पुगे त्यहाँका किसान तीन छ्क्क पर्दै हेर्न थाले । बिहान कोइ खेत जोत्दै थिए त कोइ पोखरीमा माछालाई चारो हाल्दै थिए । मन्त्रीको टोली देखेपछि किसानहरु एक ठाउँमा भेला भए । कोइ अभिवादन त कोइ नमस्कार टक्राउदै नजिक आए ।

गणतन्त्र सरकारको पहिलो प्रधानमन्त्री प्रचण्ड एकातिर शपथ ग्रहण गर्दै थिए अर्कोतिर त्यो ठाँउमा कोशीको बाध फुटदै थियो । कोशी नै गाउँ र खेतमा पसेपछि मान्छेहरु बिस्थापित भएका थिए ।

खेत बालुवाको बगरमा परिणत भएका थिए । तर अहिले झनै एक दशक बितिसक्यो कोशी आफ्नै धारमा बगिरहेको छ । कोशी गाउँपालिका र बराह नगरपालिकामा पर्ने उक्त ठाँउमा अहिलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत माछा ब्लक कार्यक्रम संचालन भैइरहेको छ ।

पाँच सय हेक्टरमा नयाँ पोखरीहरु निर्माण गरिएको छ । सरकारले माछामा आत्मनिर्भर बनाउने योजना लिए सगै राज्य मन्त्री चौधरी माछा किसानलाई प्रोत्साहन र निरीक्षन गर्न किसानको पोखरीमा पुगेका हुन ।

१ घन्टा जति किसानको समस्या सुन्दै राज्यमन्त्री चौधरीले म पनि किसानको छोरी हु किसानको दुःख बुझेको छु । किसानहरुलार्इ सम्बोधन गर्दै बताउनु भयो । माछा किसानलाई दिदै आएको अनुदान सरकारले निरन्तर्ता दिने बताउनु भयो ।

सरकारले इन्स्योरेन्स गर्दा दिदै आएको ७५ प्रतिशत रकम यो वर्ष पनि दिने उहाँले बताउनु भयो । गरिब किसानले लिएको ऋण मिनाह गर्ने बताउनु भयो ।

बिदेशमा गएको युवाहरू धेरै जसो कृषिमा नै काम गर्ने भएकोले फर्के लगतै ती युवा हरुलाइ १० लाख र गाउँमा पढेलेखेका युवाहरुलाइ प्रमाणपत्र धितो राखेर ७ लाख सम्म सरकारले ऋण दिने र सबैलाई कृषिमा आबद्ध गराइ देशलाई खाद्य पदार्थमा आत्मनिर्भर बनाइ बिदेश निर्यात गरी देश बिकास र आर्थिक संवृधि हुने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्