दिगो र सुरक्षित पूर्वाधार निर्माण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ : गृहमन्त्री थापा

चितवन, जेठ १७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कतिपय विपद मानव सिर्जित र कतिपय विपद प्रकृतिकै कारणले हुने बताउदै दिगो र सुरक्षित पूर्वाधार निर्माण गरी जोखिम न्यूनीकरण गर्न सकिने बताउनु भयो ।

बिहीबार चितवन जिल्ला विपद ब्यवस्थापन समितिको बैठकलाई सम्बोधन गदैृ गृहमन्त्री थापाले यस्तो बताएका हुन ।

चितवनमा नदी र जंगली जनावरको कारणबाट हुने विपद धेरै पाइएको बताउँदै गृहमन्त्री थापाले नदी र जंगली जनावरलाई मानव सभ्यता र समृद्धिको रूपमा उपयोग गरिनुपर्ने धारणा सुनाउनु भयो । प्रकतिलाई सन्तुलित ढंगले उपयोग गर्दै यसको संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।

याे पनि पढ्नुस  मेरो प्राथमिकता कृषिमा आधारित उद्योग : प्रचण्ड

बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लामा हुने गरेका विपदबारे जानकारी गराउनु भएको थियो । उहाँले हावाहुरी, असिनापानी, बाढी, पहिरो, चट्याङ, आगलागी, जंगली जनावरबाट हुने जनधनको क्षति प्रमुख रहेको जानकारी गराउँदै सबै निकायमा यसको रोकथाम, नियन्त्रण, प्रभावितको उद्धार, क्षतिपूर्ती र राहतलाई प्रभावकारी बनाउनु पर्ने धारणा राख्नुभयो ।

याे पनि पढ्नुस  माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवारी दर्ता गर्न जादैं, फिटोफिचर

प्रमुख जिल्ला अधिकारी बस्नेतले विपद्बाट प्रभावितहरुको उद्धार र उनीहरुलाई राहतका लागि भरतपुर विमानस्थल परिसरमा वेयरहाउस निर्माणको प्रकृया सुरू भैसकेको जानकारी दिनुभयो । जोखिम नियन्त्रण, प्रभावितको उद्धार, उनीहरुलाई राहत र क्षतिपूर्ती वितरण कार्यलाई प्रभावकारी बनाउने दिशामा काम भइरहेको उहाँको भनाइ थियो ।

याे पनि पढ्नुस  गृहमन्त्री थापालाई सांसदले भने–असिनाले वालीसहित भेडाबाख्रा र कुखुरा मरे ६ महिनालाई खाद्यान्नको जोहो गरी दिनु

यसैबीच, गृहमन्त्री थापाले वडा नम्बर ४ मा रेट्रोफिटिङ गरी बनाइएको वडा कार्यलय भवनको अवलोकन गर्नु भएको छ । वडा कार्यालय निरीक्षण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चार नम्बर वडाका अध्यक्ष हरिप्रसाद आचार्य, एनसेटका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्