जिनेदिन जिदानले रियल मड्रिड छाड्ने

काठमाडौं, जेठ १७ । रियल मड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लीगको उपाधि दिलाएको पाँच दिन नबित्दै प्रशिक्षक जिनेदिन जिदानले क्लब छोड्ने घोषणा गरेका छन् ।

सन् २०१६ मा स्यान्टियागो बर्नबाउ गएका जिदानले क्लबलाई थप एउटा ला लिगा उपाधि दिलाएका थिए । जिदानेले अब फरक किसिमको नेतृत्वको आवश्यकता रहेकाले क्लब छोड्ने निर्णय गरेको जनाएका हुन् ।

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई ३–१ ले पराजित गरेको खुशीको उन्माद सेलाउन नपाउँदै आएको प्रशिक्षकको अप्रत्यासित निर्णयले रियल समर्थक अचम्भित छन् ।

पत्रकार सम्मेलन गरी जिदानले हरेक चिज परिवर्तनशील रहेको र आफू पनि समयसँगै परिवर्तन हुन चाहेको बताएका छन् ।

उनको प्रशिक्षणमा रियलले १ सय ४ वटा खेल जितेको छ भने २९ वटा खेलमा बराबरी भएको थियो । गत फेब्रुअरीमा उनले क्लबलाई आफूले दिन केही बाँकी नरहेको जस्तो लागे अलग्गिने निर्णय गर्ने मनसुबा प्रकट गरेका थिए ।

कमेन्ट गर्नुहोस्